
काठमाण्डु, १५ फागुन– नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीमा विचार, सिद्धान्त र इमान्दारिता नरहेको आरोप लगाएका छन् ।
आफ्नो समूहनिकट शिक्षक संगठनको राष्ट्रिय भेलालाई शनिबार ललितपुरमा सम्बोधन गर्दै उनले ओलीले जालझेल र षड्यन्त्रबाहेक केही नजानेको टिप्पणी गरे ।
ओलीमा महाभारतका नकारात्मक पात्र सकुनीसँग तुलना गरे । जेल बस्दा महाभारत र चाणक्य नीति पढेका कारण ओलीलाई सकुनी खुबै मन पर्ने प्रचण्डको टिप्पणी थियो । महाभारतमा सकुनीलाई षड्न्त्रकारी र अन्यायका पक्षपातीका रुपमा चित्रण गरिएको छ ।