श्रोत नखुलेको १० लाखसहित दुई महिला पक्राउ

काठमाण्डु टुडे २०७७ फागुन ११ गते १६:१० मा प्रकाशित

सप्तरी, ११ फागुन– श्रोत नखुलेको १० लाख रुपैयाँसहित दुई महिला पक्राउ परेका छन् ।

प््रहरीका अनुसार पक्राउ पर्नेमा सप्तरी छिन्नमस्ता गाउँपालिका–५ की ३८ वर्षीया कविता दास र २२ वर्षीया रिंकु दास छन् । तिलाठीबाट खटिएको सशस्त्र प्रहरीको सीमा सुरक्षा बलले गस्तीका क्रममा उनीहरुलाई श्रोत नखुलेको रकमसहित पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले गस्ती टोलीले शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट श्रोत नखुलेको १० लाख रुपैयाँ बरामद भएको जानकारी दिए । श्रेष्ठका अनुसार उनीहरु दुवैलाई बरामद रकमसहित भन्सार कार्यालयको जिम्मा लगाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us