
काठमाण्डु, ६ फागुन– जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पनि वर्षातको सम्भावना रहेको जनाएको छ ।
मौसमविद बरुण पौडेलले अपराह्नपछि काठमाण्डु उपत्यकासहित प्रदेश ३ का सबै जिल्ला र प्रदेश १ मा वर्षातको सम्भावना रहेको बताए । प्रि–मनसुन नजिकएका कारण वर्षात हुन लागेको पौडलको भनाइ छ । यसअघि बुधबार पनि उपत्यकासहित आसपास क्षेत्रमा हल्का वर्षात भएको थियो ।
वर्षातका कारण काठमाण्डु उपत्यकामा चिसो बढेको छ । बिहीबार बिहान ६ बजे काठमाण्डु उपत्यकाको तामक्रम ५ डिग्रिसेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।