प्रधानमन्त्री ओली सर्वोच्च अदालत जाँदै

काठमाण्डु टुडे २०७७ फागुन ६ गते ८:०४ मा प्रकाशित

काठमाण्डु, ६ फागुन– प्रधानमन्त्री केपी ओलीले अदालतको अवहेलना मुद्दामा आफैं अदालतमा उपस्थित भएर जवाफ दिने भएका छन् ।

बालुवाटार श्रोतका अनुसार सम्भवतः ओली आज जवाफ बुझाउन आज अदालत जाने तयारीमा छन् । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले गत १५ माघमा ७ दिनभित्र आफैं उपस्थित भएर लिखित जवाफ पेस गर्न प्रधानमन्त्रीलार्ई आदेश दिएको थियो । तर, सर्वोच्च अदालतबाट त्यससम्बन्धी पत्र प्रधानमन्त्री कार्यालय पुग्न १७ दिन लागेको थियो । प्रधानमन्त्री ओलीले गत आइतबार मात्र अदातलको पत्र बुझेका थिए ।

अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटन मुद्दा प्रभावित पार्ने गरी सार्वजनिक अभिव्यक्ति दिएको तथा मुद्दामा बहस गरेकै आधारमा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको मानमर्दन गरेको भन्दै वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले फरकफरक रिट दायर गरेका थिए । नेपालको न्याय जगतले गुरु मान्ने भण्डारीको अपमान गरेको भन्दै ओलीको सर्वत्र आलोचना भएको थियो ।

प्रधानमन्त्री ओली गत ९ माघमा राजधनानीको बहरमहलस्थित एक पार्टी प्यालेसमा आयोजित आफ्नो समूह निकट बुद्धिजिवी कार्यकर्तालाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता भण्डारीलाई ‘बाजे वकिल’ र प्रतिनिधिसभा विघटनविरुद्ध अदालतमा जारी बहसलाई ‘तमासा’ को संज्ञा दिएका थिए । ‘म साथीहरूलाई भन्न चाहन्छु, कुनै अन्यौल राख्नु पर्दैन । संविधानमा प्रतिनीधिसभा पुर्नस्थापना गर्ने कुनै ठाउँ छैन । केही वकिलहरूले कुरा फिट्याफिट्यै छन् ’, ओलीले भनेका थिए, ‘एकजना बाजे वकिललाई पनि त्यहाँ (सर्वोच्च अदालत) लिएर गएछन् तमासा देखाउन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us