
काठमाण्डु, १ फागुन– भारतको राजधानी नयाँ दिल्लीमा गएराति शक्तिशाली भूकम्प गएको छ ।
नयाँदिल्लीसहित उत्तर भारतीय क्षेत्रमा शुक्रबार राति स्थानीय समयअनुसार १० बजेर ३१ मिनेटमा ६.३ रेक्टर स्केलको भूकम्प गएको हो । भारतीय सञ्चार माध्यमका अनुसार उत्तर भारतका पञ्जाव, जम्बु काश्मिर, हरियाणालगायत क्षेत्रमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो ।
भूकम्पको केन्द्रबिन्दु ताजकिस्तानस्थित जमिनबाट ७४ किलोमिटर गहिराईमा रहेको बताइएको छ ।