
काठमाण्डु, २९ मंसिर– प्रधानमन्त्री केपी ओलीका वकिलहरुले प्रधानमन्त्री केपी ओलीलाई श्री ५ (राजा) र श्री ३ (राणा शासक) लाई जत्तिकै अधिकार रहेको जिकिर गरेका छन् ।
संसद् विघटनविरुद्ध परेको रिटमा संवैधानिक इजलासमा जारी बहसका क्रममा प्रधानमन्त्री ओलीका तर्फबाट बहस गरेका अधिवक्ता रामचन्द्र गौतमले प्रधानमन्त्रीलाई राजा र राणासरह अधिकार रहेको जिकिर गरे ।
नेपालको संविधानले प्रधानमन्त्रीलाई शक्तिशाली प्रधानमन्त्रीका रुपमा परिकल्पना गरेको दाबी उनको थियो । ‘२००४ सालको वैधानिक कानुनले प्रयोगकर्ता कार्यकारिणी श्री ३ लाई आधिकार दिएको थियो’, गौतमले भने, ‘त्यसपछिका संविधानले राजालाई आधिकार दियो । त्यति नै आधिकार अहिलेको संविधानले केपी ओली अथवा प्रधानमन्त्रीलाई दिएको छ ।’