
कैलाली, २५ माघ– कैलालीमा जनप्रतिनिधिकै घरमा प्रेमिका मृत फेला परेकी छन् ।
जिल्लाको गौरीगंगा नगरपालिका–३ का वडा सदस्य निरज चौधरीकी प्रेमिका २२ वर्षीया अञ्जिता चौधरी उनकै घरमा मृत भेटिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपमशमशेर जबराले चौधरी झुण्डिएको अवस्थामा मृत फेला परेको जानकारी दिए ।
आत्महत्याको आशंका भए पनि पोस्टमार्टम रिपोर्ट आएपछि मात्र घटनाको बास्तविकताबारे बताउन सकिने जबराको भनाइ छ ।
प्रहरीका अनुसार वडा सदस्य चौधरी र अञ्जिता लामो समयदेखि प्रेममा थिए । तर, चौधरीले अर्कै युवतीसँग विवाह गरेका थिए ।