
काठमाण्डु, २३ माघ– प्रधानमन्त्री केपी ओलीले प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग वार्ताको तयारी गरिरहेको चर्चा चलिरहेको छ ।
उक्त चर्चालाई बल पु¥याउने गरी ओली सरकारका खानेपानी मन्त्री मणिचन्द्र थापाले केही दिनअघि नख्खु कारागारमा रहेका विप्लव समूहका स्थायी समिति सदस्य हेमन्तप्रकाश वलीलाई भेटे । त्यस थापा र वलीबीच वार्ताको वातावरण बनाउनेबारे बतचित भएको थियो । तर, एकातिर वार्ताको कुरा गरिरहेको सरकारले अर्कोतिर विप्लव समूहप्रति अनुदार रबैया अपनाउन छाडेको छैन । त्यसको प्रमाण हो, विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोला पुनः पक्राउ पनु ।
पत्नी हिमाले दिएको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै बास्तोलालाई सर्वोच्च अदालतले बिहीबार छाड्न आदेश दियो । अदालतको आदेशमा शुक्रबार रिहा भएलगत्तै प्रहरीले बाँस्तोलालाई पुनः पक्राउ गरेको छ । बाँस्तोला २९ पुसमा ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट पक्राउ परेका थिए । अदालतको आदेशमा छुटेका बाँस्तोलालाई प्रहरीले बिहीबार पक्राउ गरी महानगरीय प्रहरी वृत कमलपोखरीको हिरासतमा राखेको थियो ।
शुक्रबार म्याद थपका लागि लगिएकामा काठमाण्डु जिल्ला अदालतले साधारण तारेखमा छाड्ने आदेश दियो । प्रहरीले फेरि पक्राउ गरेर उनलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा राखेको छ ।