
काठमाण्डु, २२ मंसिर– प्रहरीले नेकपा प्रचण्ड–नेपाल समूहका युवा नेता तथा अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रमेश मल्ललाई पक्राउ गरेको छ ।
आमहड्तालमा सहभागी मल्ललाई प्रहरीले आज बिहान अनेरास्ववियुका नेता तीलकराज भण्डारीसहित बागबजारबाट पक्राउ गरेको हो । मल्ललाई महाराजगञ्जस्थित सशस्त्र प्रहरी गणमा राखिएको छ ।
यस्तै प्रहरीले राजधानीको कोटेश्वर र गोंगबु क्षेत्रबाट बिहानै बन्दकर्तालाई पक्राउ गरेको छ । संसद विघटनविरुद्ध आन्दोलनरत प्रचण्ड–नेपाल समूहले संवैधानिक निकायमा गरिएको नियुक्ति असंवैधानिक भन्दै आज एक दिने आमहड्ताल आह्वान गरेको हो ।