ओली समूहका २० सांसद प्रचण्ड–नेपालतिर

काठमाण्डु टुडे २०७७ माघ १८ गते २३:११ मा प्रकाशित

काठमाण्डु, १८ माघ– नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले संसद पुर्नस्थापना भए ओली समूहका २० सांसद आफूहरुतिर आउने दाबी गरेका छन् ।

संसद विघटन भएका कारण हाल नखेलेका उनीहरुले पुर्नस्थापना भए आफूहरुलाई साथ दिने नेपालले बताए । ‘भ्रममा परेर ओलीतिर लागेका राम्रा मानिसलाई हामीले आफूतिर तान्ने हो’, पार्टी सम्वद्ध किसान महासंघको केन्द्रीय समिति बैठकमा आइबतार नेपालले भने, ‘संसद पुर्नस्थापना भए हामी २० जनाजतिले साथ दिन्छौं भनेका छन् ।’

न्ेपालले शक्ति र सत्ताको त्रास, लोभलालच र भ्रम देखाएर नेता कार्यकर्ता आफूतिर तान्न ओली गुट सक्रिय रहेको बताए । तर, इमान्दार र त्यागी नेता कार्यकर्ताको ठूलो पंक्तिले ओलीको आश्वासन अस्वीकार गरेर मुलधारमै उभिएको उनको भनाइ थियो ।

नेता नेपालले ओली समूहले किन्न खोजेका एक नेताले ‘म बिकाउ माल हो ?’ भनेर झपारेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us