नेपाली सेनाद्वारा हतियारसहित पाँच पक्राउ

काठमाण्डु टुडे २०७७ माघ ३ गते १३:०७ मा प्रकाशित

डोल्पा, ३ माघ– डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जअन्तर्गत त्रिपुरासुन्दरी–११ स्थित मुह इलाकबाट नेपाली सेनाले हतियारसहित पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा त्रिपुरासुन्दरी–११ मुहका मनबहादुर बुढा, चन्द्रप्रसाद बुढा, त्रिपुरासुन्दरी–७ का सूर्यबहादुर बुढा, चन्द्र केसी र गोकर्ण बुढा छन् । हतियारसहित अवैध वन्यजन्तु तस्करीका लागि हिंडेका बेला उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुका साथबाट दुई नाल भरुवा बन्दुक, बारुद, वन्यजन्तु शिकारीमा प्रयोग हुने उपकरण, २ वटा चौरी गाईको सिङ, कस्तुरीको दाँतलगायत वन्यजन्तुका अंग बरामद गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

पक्राउ परेकाहरुलाई बरामद सामानसहित शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयको जिम्मा लगाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us