नेपाली सेनामा भर्ना खुल्यो

काठमाण्डु टुडे २०७७ पुष २१ गते ९:१५ मा प्रकाशित

nepalarmy काठमाण्डु, २१ पुस– नेपाली सेनामा विभिन्न पदमा भर्ना खुला गरेको छ ।

सेनाले मंगलबार ११ पदका लागि २ सय ९४ पदमा भर्ती खुलेको विज्ञापन गरेको हो ।  जंगीअड्डा अन्तर्गतको भर्ना छनोट निर्देशनालय कार्यरथी विभागले लेखा जमदार, पुजारी हुद्दा, अमल्दार, सिपाही, सुचिकार, कुचिकार, चर्मकर्मी, लोहकार, धोबी, केशकर्तक र सयस पदमा भर्ना खुलाएको छ ।

सूचनाअनुसार नारायणहिटी संग्रहालय उत्तरतर्फको गेट नेपाल क्याभलरीको खेल मैदानमा दरखास्त फाराम वितरण र संकलनको व्यवस्था मिलाइएको जनाइएको छ । दरखास्त दिने समयसीमा माघ २१ सम्म छ । दोब्बर दस्तुर बुझाएर भने माघ २८ सम्म दरखास्त बुझाउन सकिने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us