
काठमाण्डु , ८ जेठ – चीनका राष्ट्रपति सि जिनपिङ्गले आतङ्ककारीलाई कडा सजाय दिने प्रण गरेका छन् ।
बिहीबार बिहान चीन उरुम्की प्रान्तमा भएको भीषण विस्फोटन पछि सो प्रतिज्ञा गरेको जनाइएको छ ।
उत्तरपश्चिम चीनको सिन्जीआङ्ग प्रान्तको प्रान्तीय राजधानी उरुम्कीको एक बजारमा भएको आतङ्ककारी आक्रमणमा कम्तीमा ३१ व्यक्तिको मृत्यु हुनुका साथै अन्य ९४ जना घाइते भएका अधिकारीहरूले जनाएका छन् ।
स्थानीय समयानुसार बिहीबार बिहान ७ः५० बजे सो आक्रमण भएको जनाइएको छ ।
राष्ट्रपति सिले स्थानीय अधिकारीहरूलाई यस हिंसाको छिट्टै अनुसन्धान गर्न समेत आग्रह गरेका छन् ।
यस आतङ्ककारी आक्रमणको अनुसन्धानका लागि सार्वजनिक सुरक्षा मन्त्री गुओ सेङ्गकुनको नेतृत्व सुरु गरिएको बताइएको छ ।
त्यसैगरी राष्ट्रपति सिले यस घटनाबाट घाइते भएकालाई राम्रो उपचारको समेत आदेश दिएका छन् ।
प्रत्यक्षदर्शीहरूका अनुसार उत्तरबाट दक्षिणतर्फ आइरहेको विस्फोटक पदार्थ बोकेको दुई वटा सवारी साधनले एक बजारमा नागरिकमाझ सो विस्फोटन गराएको थियो ।
सो आक्रमणमा बिहान बजारमा आउने गरेको कयौँ वृद्धहरू घाइते भएको जनाइएको छ । सिन्ह्वा