
काठमाण्डु, ८ जेठ – प्रधानमन्त्री सुशील कोइराला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तो स्विकार्दै सोमबार भारत जाने भएका छन् ।
मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री दिल्ली जाने भएका हुन् ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको भारत भ्रमण तय गरेको हो ।
भारतको लोकसभा चुनावमा बहुमत पाएको भारतीय जनता पार्टीको संसदीय दलका नेता मोदीले २६ मे मा सपथ लिदैछन् । मोदीको सपथ ग्रहण समारोहमा सार्क मुलुकका सरकार प्रमुखहरुलाई निम्तो दिइएको छ ।