
काठमाण्डु, ८ जेठ –संविधानसभाको बैठक आज पनि बस्ने भएको छ । आजको बैठकमा अघिल्लो संविधानसभाको राष्ट्रिय हितको संरक्षण समितिको असहमतिको प्रतिवेदनमाथि छलफल हुने भएको छ ।
१८ वर्ष उमेर पुगेका नेपाली नागरिकलाई अनिवार्य सैनिक तालिम दिनुपर्ने भन्ने प्रस्ताव संविधानसभामा असहमतिको सूचीमा रहेको छ । सैन्य तालिममा एनेकपा माओवादी बाहेकका राजनीतिक दलहरुले विरोध जनाएका छन् ।
दिउसो १ बजेपछि बस्ने आजको बैठकमा उक्त समितिको प्रतिवेदनमा रहेका असहमतिका विषयमा छलफल हुने संविधानसभा सचिवालयले जनाएको छ ।
सहमतिका विषय भने हिजो नै मस्यौदा समितिमा पठाइएको छ ।