
काठमाण्डु, ७ जेठ– प्रधानमन्त्री सुशील कोइरालालाई भारत भ्रमणको निम्तो आएको छ ।
प्रधानमन्त्रीको सपथ लिन लागेका नरेन्द्र मोदीले कोइरालालाई सपथ समारोहमा बोलाएका हुन् । मोदीले आगामी सोमबार राष्ट्रपति प्रणव मुखर्जीबाट प्रधानमन्त्रीको सपथ लिंदैछन् । मोदीले कोइरालासहित दक्षिण एसियाली मुलुकका सबै सरकार प्रमुखलाई निम्ता पठाएका छन् ।
संयुक्त लोकतान्त्रिक गठबन्धनमा रहेका ३ सय ३५ सांसदले मोदीलाई प्रधानमन्त्री बनाउन समर्थन दिएका छन् ।