
काठमाण्डु, ७ जेठ – एमाले महासचिव ईश्वर पोखरेल पिसाव नलीमा संक्रमण भएपछि धापासीस्थित ग्रान्डी अस्पतालमा भर्ना भएका छन् । उनी एक सातादेखि अस्वस्थ्य थिए ।
युरिनरी ट्रयेक्ट इन्फेक्सनु पीडित पोखरेल अझै केही दिन अस्पतालमा रहने स्रोतले जनाएको छ ।
निमोनियाका कारण बीर अस्पताल भर्ना भएका एमाले बरिष्ठ नेता माधवकुमार नेपाल एक सातापछि बुधबार डिस्चार्ज भएका छन् भने संसदीय दलका नेता केपी शर्मा ओली ुफंगल मेनेन्जाइटिसको उपचारमा बैंककमा छन् ।