
काठमाण्डु – एक व्यक्तिसँग कतिवटा कार होलान् – एक , दुई, चार, आठ या १६ वटा । सुन्दा अचम्म लाग्न सक्छ एकै व्यक्तिसँग चारसय वटा कार छन् भन्दा ।
सेलीब्रेटीहरु नयाँ मोडलका गाडीको सौखीन हुन्छन् । उनीहरु गाडीको कलेक्सन गर्न पनि चुक्दैनन् ।
तर, बेलायतमा यस्ता व्यक्ति छन् । जो कुनै सेलेबे्रटी होइनन् । पेशाले डेन्टिस्ट जेम्स हुल गाडी कलेक्सन गर्ने एक सौखीन व्यक्ति हुन् ।
उनीसँग फरक –फरक मोडलका चार सय ५५ वटा आरामदायी कार रहेका छन् । उनीसँग ‘जगुआर’ कम्पनीको महङ्गो कार पनि रहेको छ ।
कलेक्सनमा भएका कारहरु प्राय सबै महङ्गा नै रहेका छन् । उनले कार पार्किङका लागि आफ्नो घरमा छुट्टै स्थान निर्माण गरेका छन् ।
उनले अहिले सबै कार बेच्ने मनसाय बनाएका छन् । एक –एकवटा गरेर कार नबेच्ने उनको भनाइ रहेको छ ।
उनले सबै कारको एकमुष्ट बिक्री रकम ८ सय करोड तोकेका छन् ।