
काठमाण्डु, ४ जेठ – एनपिएल क्रिकेटमा आज धनगढीमा सगरमाथा लिजेण्ट्स र कलर्स एक्स फ्याक्टर खेलिरहेका छन् भने महेन्द्रनगरमा विशाल वारियर्स र जगदम्बा जाइण्ट्सबीच खेल भइरहेको छ ।
धनगढीमा पहिले ब्याटिङ्ग गरेको सगरमाथाले कलर्ससामु १ सय ५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
सगरमाथाले ३८ ओभर ३ बलमा अलआउट हुँदै १ सय ४ रन बनाएको हो । उसका लागि राहुल विश्वकर्माले सर्वाधिक २२ रन बनाउनुबाहेक अरुले राम्रो प्रदर्शन गर्न सकेनन् । कलर्सका संजम रेग्मीले ३ विकेट लिए ।
जवाफी ब्याटिङ गरिरहेको कलर्सले यो समाचार तयार गर्दासम्म ९ ओभर सकिदाँ ३ विकेटको क्षतिमा ३४ रन बनाएको छ ।
यस्तै महेन्द्रनगरमा भैरहेको खेलमा जगदम्बाले विशाल ग्रुप वारियर्ससामु १ सय ३९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
पहिले ब्याटिङ गरेको जगदम्बाले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा १ सय ३८ रन बनाएको हो । उसका लागि सुरज कुर्मीले ३८, पारस खड्काले २२, र मन्जित श्रेष्ठले १९ रन बनाए । यस्तै जगदम्बाका शक्ति गौचनले ३ विकेट लिए । १० ओभर बलिङ गरेका उनले ६ मेडेन राखेर मात्रै १५ रन दिए ।
यस्तै गौरव सिंह, सोमपाल कामी र शोभाकार सन्यासीले समान २–२ विकेट लिए । जगदम्बाले अहिले केहिबेरमा जवाफी व्याटिङ गर्दैछ ।