पोखरीमा डुबेर बालिकाको मृत्यु

काठमाण्डु टुडे २०७१ जेठ ४ गते ५:३० मा प्रकाशित

महोत्तरी, ४ जेठ – महोत्तरीको गैंढाभेटपुर गाविसमा शनिबार साँझ एक बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ ।

अत्यधिक गर्मीका कारण घरअगाडिको पोखरीमा पौडी खेल्न गएकी जोगेन्द्र महतोकी ६ वर्षीया नातिनी आशाकुमारी महतोको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामप्रसाद श्रेष्ठले बताए ।

बालिका रातिसम्म घर नफर्किएपछि खोजतलास गर्दै जाँदा उनी पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us