प्रधानमन्त्रीले प्रमुख दलका नेतासँग छलफल गर्दै

काठमाण्डु टुडे २०७१ जेठ ३ गते ३:४९ मा प्रकाशित

sushil koiralaकाठमाण्डु, ३ जेठ – प्रधानमन्त्री सुशील कोइरालाले आज अन्य दलका प्रमुख नेताहरुसँग छलफल गर्ने भएका छन् ।
बालुवाटार स्रोतका अनुसार आजको भेटमा सर्वोच्च अदालतले २६ सभासद मनोनित गर्ने विषयमा गरेको फैसला, संसद् र न्यायपालीकाबीच देखिएको मनमुटाव लगायतका विषयमा छलफल गर्ने तयारी भएको छ ।
सर्वोच्च अदालतले गैरराजनीतिक व्यक्तिलाई संविधानसभाको बाँकी रहेको २६ सिटमा १५ दिनभित्र मनोनित गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरिसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us