परीक्षाफल प्रकाशित

काठमाण्डु टुडे २०७१ जेठ १ गते १३:४७ मा प्रकाशित

काठमाण्डु , १ जेठ – त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७० साल मङ्सिर÷पुस महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह एमए प्रथम वर्ष २०६९ को हिन्दी, नेपाली भाषा, बौद्ध अध्ययन, संस्कृत र पत्रकारिता तथा आमसञ्चार विषयका परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ ।

यसैगरी, त्रिवि परीक्षा नियन्त्रण कार्यालयद्वारा २०७० साल भदौ÷असोज महिनामा सञ्चालित विज्ञानतर्फ बिएस्सी न्युट्रिसन र डाइटिक्स प्रथम वर्षको परीक्षाको परीक्षाफल पनि प्रकाशित गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us