प्रचण्ड भन्छन् – ‘जसले मलाई नेतृत्व दियो, उसैलाई हस्तान्तरण गर्न तयार ’

काठमाण्डु टुडे २०७१ जेठ १ गते १०:०६ मा प्रकाशित

काठमाण्डु , जेठ १ – एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले पार्टी पुननिर्माणका लागि मोहन बैद्यलाई नेतृत्व दिन तयार रहेको बताएका छन् ।

prachandaएउटै कम्युनिष्ट केन्द्र निर्माण सम्भावना र चुनौती विषयक कार्यक्रममा प्रचण्डले मोहन बैद्यको नाम नलिइ भने–’माओवादी पार्टी पुननिर्माण होस्, मलाई जसले महासचिव बनायो, उसैलाई नेतृत्व दिन तयार छु ।’ यस्तो घोषणा गर्दा प्रचण्ड केहीबेर रोकिएका थिए । प्रचण्डस“गै एउटै मञ्चमा रहेका मोहन बैद्य पनि निकै भावुक देखिएका छन् ।

एमाओवादी अध्यक्ष प्रचण्डले आफूसधै नेतृत्वमा बसिरहन नचाहेको बताए ।

राजधानीमा भएको कम्युनिष्ट केन्द्र निर्माण सम्भावना र चुनौती विषयक कार्यक्रममा प्रचण्ड र बैद्य एकैमञ्चमा पुगेका हुन् । बैद्य माओवादीको विद्यार्थी संगठनले गरेको कार्यक्रममा प्रचण्ड र बैद्यसँगै मातृका यादव, मणि थापा लगायत पनि थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us