अब राजाको फोटो भएको पैसा नचल्ने

काठमाण्डु टुडे २०७७ जेठ ११ गते २०:२२ मा प्रकाशित

काठमाण्डु, ११ जेठ– नेपालमा अबदेखि राजाहरुका तस्वीर अंकित नोट नचल्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार देशभरका सबै बैंक तथा वित्तिय संस्थालाई राजाहरुका तस्वीर भएका नोट चल्तीमा नल्याउन एकैसाथ परिपत्र गरेको हो ।

यद्यपि सर्वसाधारणले भने आत्तिनु पर्नेछैन । सर्वसाधारणसँग रहेका राजाका नजोट भएका पैसा बैंकिङ प्रणालीमा आएपछि भने फेरि बजारमा नपठाइने भएको छ । राष्ट्रबैंकले सफा नोट चल्तीमा ल्याउने नीतिअन्तर्गत राजाहरुका तस्वीर भएका पैसा बजारमा नपठाउन बैंकहरुलाई परिपत्र गरिएको जनाएको छ ।

राष्ट्र बैंकले झुत्रिएको, मक्किएको, जलेको, गलेको, लुलो भएको, किराले खाएको, पानीले भिजेको, छपाई विग्रेको, नोटमा रहेका अक्षर, अंक, चित्र तथा सुरक्षण विशेषताहरु नबुझिने वा बिग्रिने गरी रङ्ग लागेको, च्यातिएको वा पूर्वराजाको तस्वीर अंकित नोटलाई निष्काशन अयोग्य नोटका रुपमा वर्गीकरण गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us