काठमाण्डु, २ जेठ–सरकारले विभिन्न ८ जिल्लामा नयाँ औद्योगिक क्षेत्र स्थापना गर्ने भएको छ ।
शुक्रबार राष्ट्रपति विद्यदेवी भण्डारीद्वारा संघीय संसद बैठकमा प्रस्तुत आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा झापाको दमक, सर्लाहीको मूर्तिया, मकवानपुरको मयुरधाप, चितवनको शक्तिखोर, रूपन्देहीको मोतीपुर, बाँकेको नौबस्ता, कैलालीको लम्कीर कञ्चनपुरको दैजीमा औद्योगिक क्षेत्रका लागि आवश्यक पूर्वाधार तयार गरिने उल्लेख छ ।
नीति कार्यक्रममा भारत र चीन दुवै छिमेकीसँगको सहकार्यमा अन्तरदेशीय आर्थिक क्षेत्र स्थापनाको कार्य अगाडि बढाउने बताइएको छ ।
यस्तै सरकारी स्वामित्वमा रहेका बन्द तथा रुग्ण उद्योग एवं संस्थानहरूलाई निजी क्षेत्रसमेतको सहभागितामा उपयुक्त व्यवस्थापन, विधि र प्रक्रियाबाट अधिकतम क्षमतामा पुनः सञ्चालन गरिने सरकारले जनाएको छ ।