काठमाण्डु, १ जेठ– धितोपत्र बोर्डले सेयर बजार बन्द गर्न नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको छ ।
बोर्डले आजैदेखि सेयर बजार बन्द हुने जनाएको छ । बन्द भएको ५० औं दिनमा मंगलबारदेखि नेप्से खुलेको थियो ।
मन्त्रिपरिषदको निर्णयको आधारमा लकडाउनका समयमा समेत दैनिक दुई घण्टा सेयर बजार खुलेको थियो ।
तर, नेगेटिभ सर्किट लागेर कारोबार बन्द भएको थियो ।