रक्सीको मूल्यमा एकै दिन ७० प्रतिशतले वृद्धि

काठमाण्डु टुडे २०७७ वैशाख २३ गते ९:२१ मा प्रकाशित

एजेन्सी– भारत सरकारले मदिरामा एकैपटक ७० प्रतिशत कर बढाएको छ ।

कोरोना विशेष शुल्क भन्दै सरकारले सोमबार मदिरामा ७० प्रतिशत शुल्क थप गर्ने निर्णय गरेको हो ।
दिल्ली सरकारले सोमबार नै मदिरा पसल खोल्न दिने र अतिरिक्त शुल्क लगाउने निर्णय गरेको बीबीसीको हिन्दी शंस्करणमा प्रकाशित समाचारमा जनाइएको छ ।

यसअघि भारतका मदिरा पसलमा एक किलोमिटर दूरीसम्म ग्राहकको लाइन लागेका समाचारहरु आएका थिए ।

यो निर्णयसँगै सरकारले राजश्व बढी पाउने र जथाभावी रक्सी सेवन गर्ने क्रम पनि घट्ने अपेक्षा गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us