खानीडाँडा विमानस्थलमा उडान थप

काठमाण्डु टुडे २०७१ वैशाख ३० गते ४:१४ मा प्रकाशित

काठमाण्डु, ३० वैशाख –नेपाल वायु सेवा निगमले खोटाङको खानीडाँडा बिमानस्थलमा उडान थप गरेको छ ।
हरेक हप्ताको आइतबार र बिहीबार काठमाण्डु –खानीडाँडा–विराटनगर तथा विराटनगर–खानीडाँडा–काठमाण्डु उडान भर्दै आएको निगमले हप्ताको एक दिन उडान थप गरेको हो ।

nepal airlineयात्रुको सुविधालाई मध्यनजर गर्दै हरेक साता शुक्रबारका दिन पनि काठमाण्डु –खानीडाँडा–काठमाण्डु उडान थप गरिएको निगमका खानीडाँडा स्टेशन इन्चार्ज यादवसेन राईले जानकारी दिए । शुक्रबार उडान थप गरेको निमगले यसअघिको उडान तालिमका समेत परिवर्तन गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us