
काठमाण्डु, ३० वैशाख– चीन भ्रमणमा रहेका एकीकृत माओवादी नेता बाबुराम भट्टराई स्वदेश फर्केका छन् ।
भट्टराई केहीबेरअघि अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । उनले विमानस्थलको विशिष्ट कक्षमा पत्रकार सम्मेलन गरिरहेका छन् ।
भट्टराई कैलाश मानसरोबर जाने भन्दै बुधबार धर्मपत्नी एवम् एमाओवादी नेतृ हिसिला यमी, छोरी मानुषी र पिता भोजप्रसा साथ पारिवारिक भ्रमणका लागि ल्हासा प्रस्थान गरेका थिए ।
पारिवारिक पर्यटकीय भ्रमण बताइए पनि भट्टराईले ल्हासा र छेङदुमा उच्च चिनियाँ नेतृत्वसँग राजनीतिक भेटवार्ता गरेका थिए । भट्टराई विराटनगरमा भएको पार्टीको राष्ट्िरय सम्मेलन समापन नहुँदै काठमाण्डु आएर चीन गएका थिए ।
–