गोरखा, १५ वैशाख– जिल्ला प्रशासन कार्यालय गोराखाले मनकामना मन्दिरका पुजारीले राखेको बन्दुकको दर्ता खारेज गरेको छ ।
म्नकामनाका मूल पुजारी इन्सास थापा मगरले राखेको तीनमध्ये दुई बन्दुकको दर्ता खारेज गरिएको गोरखा प्रशासनले जनाएको छ ।
व्यक्तिगत सुरक्षा प्रयोजनका लागि लाइसेन्स दिइएको भए पनि थापा मगरले शिकार खेल्न दुरुपयोग गरेको उजुरी परेको थियो । उजुरीका आधारमा पुजारी मगरको प्रहरीले निगरानी बढाएको थियो ।
उनलाई गत ५ वैशाखको राति स्थानीयले सहिद लखन थापा गाउँपालिकाको ढोडेनी जंगलमा शिकार खेल्न गएका बेला पुजारी मगरलाई हतियारसहित नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । गोरखाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले एक भरुवा बन्दुक र एक बारबोरको इजाजत खारेज गरिएको जानकारी दिए ।
ती दुवै हतियार अब राज्यको हुने उनले बताए । एउटा भने मन्दिरमा बेलाबेला पुजा गर्दा बढाईं गर्नुपर्ने भएकाले मनकामनास्थित प्रहरी चौकीमै राखिएको र बढाईंका बेला मात्र प्रयोगको अनुमति दिइएको प्रजिअ पौडेलले उल्लेख गरे ।