रेखा बिहेका लागि केटा खोज्दै, ‘श्रीमान किताब हैन समाज पढेको होस्’

काठमाण्डु टुडे २०७१ वैशाख २९ गते १०:५५ मा प्रकाशित

काठमाण्डु– चलचित्र निर्देशक छवि ओझासँग सम्बन्ध विच्छेद गरेको दुई वर्षपछि अभिनेत्री रेखा थापाले बिहेका लागि ‘केटा’ खोज्न थालेकी छन् ।
परिवारबाट बिहेका लागि दबाब आएकाले भावी श्रीमानको खोजी थालेको रेखाले बताइन् । कामकै बीचमा
rekha 5समय मिलाएर अहिलेदेखि नै केटा खोज्न थालेको बताउने उनले एक वर्षभित्र भगवानले आफूलाई असल जीवनसाथी मिलाइदिने दाबी गरिन् । ‘परिवारबाट बिहेका लागि ‘प्रेसर’ आइरहेको छ’, काठमाण्डु टुडेसँग रेखाले भनिन्, ‘भगवानले मेरो लागि एक वर्षभित्र कसो जीवनसाथी नभेट्टाइलेदान ?’ काठमाण्डु टुडेको जिज्ञाशामा उनले महिला र श्रमको सम्मान गर्ने केटा चाहिएको बताइन् ।

केटाहरु अक्सर श्रीमतीको प्रगतिमा खुसी हुनुको सट्टा ‘पीडित’ हुने गरेकाले त्यस्तो प्रवृत्तिको केटा नचाहिएको उनको भनाइ छ । ‘श्रीमती भनेपछि घरमा बसेर भात पकाउने, लुगा धुने र बच्चा पाइदिने औजारजस्तो सोच्ने चलन हाम्रो समाजमा छ’, उनले भनिन्, ‘मेरो श्रीमान श्रीमती माथि पुगि, म चाहिं तलै भएँ भन्ने सोचाइको नहोओस् ।  जसरी श्रीमती श्रीमानको हरेक प्रगतिमा खुसी हुन्छे, त्यसरी नै श्रीमान श्रीमतीको प्रगतिबाट खुसी हुओस् ।’ श्रीमतीको नाम चल्दा श्रीमानलाइ डाहा हुने प्रवृत्तिबाट आफू विगतमा आजित भएको बताइन् । उनको संकेत पूर्वपती ओझाप्रति थियो ।

यद्यपि विगतबारे केही बताउन चाहिनन् । यस्तै उनले आफ्नो कर्मथलो (फिल्म उद्योग) लाई सम्मेलन गर्ने मानिस आफूलाई चाहिएको उल्लेख गरिन् । ‘मेरो कर्मथलो फिल्म इन्डष्ट्रिलाई सम्मान गर्ने मानिस चाहियो’, उनले भनिन्, ‘रेखा राम्रो इण्डस्ट्रि नराम्रो भन्ने मान्छे चाहिएन ।’ तपाईंको भावी श्रीमान हुन शैक्षिक योग्यता कति चाहिन्छ नि ? भन्ने प्रश्नमा उनले किताब नभई समाज पढेको मान्छे चाहिएको बताइन्  ।

rekha 2‘ पढाई यत्ति नै हुनुपर्छ भन्ने छैन तर, आफू, मुलुक र समाज चिनेको मान्छे चाहियो’, रेखाले भनिन्, ‘अरुले लेखेको किताब पढ्नेले मलाई के पढ्ला ?’ यी सबै योग्यता भएका ‘भगवान’ जस्ता मान्छे पाइएला त भन्ने प्रश्नमा उनी भन्छिन्, ‘ मलाई भवगान र सारक्ष दुवै चाहिएको होइन, असल मान्छे चाहिएको छ ।

’ रेखाले आफूलाई प्रेम प्रस्ताव भने कसैले नराखेको बताइइन् । ‘मसँग डराउँछन् कसैले प्रस्ताव राख्ने आँटै गर्दैनन्, म नर्मल मान्छे हुँ तर कसैको हिम्मतै रहेनछ ।’ १६ वर्षकै उमेरमा ओझासँग बिहे गरेकी उनले बल्ल आफ्नो बिहेका लागि उमेर परिपक्व भएको तर्क गरिन् । ‘त्यतिबेला के गरेर के हुन्छ भनेर थापा पाउने उमेर नै थिएन’, रेखा भन्छिन्, ‘विगत कोट्याउन चाहान्न, मेरो बल्ल विवाह गर्ने उमेर भएको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us