नेपालको अर्थतन्त्रमा कोभिड–१९ को प्रभावः आर्थिक वृद्धिदर १.५ प्रतिशत

काठमाण्डु टुडे २०७६ चैत ३० गते १६:०७ मा प्रकाशित

काठमाण्डु, २८ चैत– विश्व बैंकले कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण विश्व अर्थतन्त्र करिब चौपट हुने प्रक्षेपण गरेको छ ।

बैंकले दक्षिण एसियाली क्षेत्रको आर्थिक अवस्थासम्बन्धी रिपोर्ट आइतबार सार्वजनिक गर्दै निराशाजनक अवस्थाको चित्रण गरेको हो । विश्व बैंकले आगामी दुई आर्थिक वर्षसम्म लगातार अर्थतन्त्र ओरोला लाग्ने अनुमान गरेको छ ।

रिपोर्टमा नेपालको आर्थिक वृद्धिदर आगामी वर्ष १.५ प्रतिशतमा खुम्चिने रिपोर्टमा उल्लेख छ । रेमिट्यान्समा आउने कमी, पर्यटन र व्यापार खस्किने हुँदा नेपाली अर्थतन्त्र कमजोर हुने देखिएको हो ।

सरकारले यो वर्ष दोहोरो अंकको आर्थिक वृद्धि हुने दाबी गर्दै आएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us