
काठमाण्डु, २८ वैशाख– राष्ट्रिय सम्मेलन बहिस्कार गरेको एकीकृत माओवादीको असन्तुष्ट बाबुराम भट्टराई पक्ष पार्टी केन्द्रीय समिति बैठकमा सहभागी हुने भएको छ ।
सो पक्षका नेता देवेन्द्र पौडेलले पार्टीलाई सहमतिका अघि बढाउन अध्यक्ष प्रचण्ड सकारात्मक देखिएकाले आफूहरु केन्द्रीय समिति बैठकमा सहभागि हुने बताए । उनले आफू र नेता टोपबहादुर रायमाझीले अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठसँग छलफल गरेको र थप गर्न बाँकी ५२ जनामा आफ्नो पक्षलाई समेट्ने संकेत देखिएको बताए ।
उनले नेता भट्टराई चीन भ्रमणबाट ३० वैशाखमा आइपुग्ने भएकाले जेठ १ गतेका लागि बोलाइएको केन्द्रय समिति बैठक सार्न आग्रह गरिएको उल्लेख गरे । उनले आफूहरुले पार्टी फुटाउन विराटनगर राष्ट्रिय सम्मेलन बहिस्कार नगरेको स्पष्ट पारे ।
अध्यक्षले गुटबन्दीको राजनीति छाडे पार्टी एक भएर अघि बढ्ने उनको भनाइ थियो । पौडेलले आफूहरुको मागको विषयमा अध्यक्ष प्रचण्डलाई स्पष्ट पारिसकिएको जानकारी दिँदै मागलाई बेवास्ता गरेर पेलेरै अघि बढ्ने नीति लिए चुप लागेर नबस्ने विकल्प खोजेर अघि बढ्ने स्पष्ट पारे ।