अब एलपी ग्यास आधा सिलिण्डर मात्र

काठमाण्डु टुडे २०७६ चैत १३ गते १३:४१ मा प्रकाशित

काठमाण्डु, १३ चैत– नेपाल आयल निगमले अब आधा सिलिण्डर मात्र ग्यास वितरण गर्ने भएको छ ।

नेपाल आयल निगमले कालोबजारी मौलाएको र बजारमा मागअनुसार आपूर्ति गर्न कठिनाइ भएको भन्दै आधा सिलिण्डर मात्र भरेर ग्यास बजारमा पठाउन व्यवसायीलाई निर्देशन दिएको हो ।

अब उपभोक्ताले ७.१ केजी मात्र ग्यास किन्न पाउँनेछन् । सरकारले कोरोना भाइरस संक्रमण रोक्न लकडाउन गरेपछि ग्यासको अभाव देखिएको हो । यद्यपि सरकारले चाहिएजति आपूर्ति भइरहेको बताउँदै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us