घट्यो अमेरिकी डलरको भाउ

काठमाण्डु टुडे २०७६ चैत १० गते ११:०६ मा प्रकाशित

काठमाण्डु , १० चैत – आज सोमबार बहराइन दिनार बाहेक सबै विदेशी मुद्राको भाउ घटेको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ र बिक्रीदर १२० रुपैयाँ ६० पैसा तोकेको छ । साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०९ पैसा तोकेको छ ।

कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३३ रुपैयाँ १२ पैसा तोकेको छ । यस्तै, आज ओमानी रियाल १ को खरिददर ३११ रुपैयाँ ७९ पैसा तोकेको छ ।

आज यूएई दिर्हाम १ को खरिददर ३२ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८३ पैसा तोकेको छ । मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ०८ पैसा र बिक्रीदर २७ रुपैयाँ २२ पैसा तोकेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९ रुपैयाँ ६१ पैसा तोकेको छ । कुवेती दिनार १ को खरिददर ३८५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३८७ रुपैयाँ ४२ पैसा तोकेको छ ।

यस्तै ,आज बहराइन दिनार १ को खरिददर ३१८ रुपैयाँ २३ पैसा र बिक्रीदर ३१९ रुपैयाँ ८२ पैसा तोकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us