काठमाण्डु , ६ चैत — नेपाली बजारमा आज सुनचाँदीको भाउमा भारी गिरावट आएको छ ।
हिजो प्रतितोला एक हजार रुपैयाँ बढेर तोलाको ७६ हजार ५ सय रुपैंयामा कारोवार भएको सुनको भाउ आज तोलामै १५ सयले घटेर प्रतितोला ७५ हजार रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
त्यस्तै , आज तेजावी सुन प्रतितोला ७४ हजार ७ सय रुपैयाँ रहेको छ ।
यस्तै, आज चाँदीको मूल्यमा पनि भारी गिरावट आएको छ । आज चाँदी प्रतितोला ६ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ।