काठमाण्डु , ५ चैत — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज बुधबार पनि ओरालो लागेको छ ।
केहि हप्ता देखि निरन्तर ओरालो लागेको नेप्से साताको चौथो दिन आज बुधवार पनि सोहि गतिमा देखिएको हो ।
नेप्से आज १६।२६ अंकले घटेर १ हजार २ सय ५ दशमलव ८० विन्दुमा थामिएको छ भने १ अर्ब १८ करोड ४४ लाख १६ हजार ८७८ बराबरको कारोबार भएको छ ।