आज फेरि बढ्यो सुनको भाउ

काठमाण्डु टुडे २०७६ चैत ५ गते ११:१३ मा प्रकाशित

काठमाण्डु , ५ चैत – नेपाली बजारमा यति बेला सुनचाँदीको भाउमा तल माथि भइरहेको छ ।

हिजो तोलामा २ हजारले घटेको सुनको भाउ आज भने तोलामा एक हजारले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आज छापावाल सुन प्रतितोला ७६ हजार ५ सय रुपैंयामा कारोवार भइरहेको छ ।

त्यस्तै, आज चाँदी भने स्थिर रहेको छ । चाँदी तोलाको सात सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us