काठमाण्डु , ४ चैत — सोमबार राति देखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मुल्यमा प्रतिलिटर दूई रुपैंयाले घटाएको छ ।
आन्तरिक उडानमा प्रयोग गरिने हवाई इन्धनमा भने निगमले प्रतिलिटर चार रुपैँया ५० पैसा घटाएको छ ।पेट्रयोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि अनुसार मूल्य घटाइएको निगमद्वारा सोमबार जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
निगमका अनुसार, काठमाण्डुमा पेट्रोलका खुद्रा बिक्री मूल्य १०६ रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य ९५ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ ।पर्यटन तथा हवाई क्षेत्रमा पर्न गएको असरलाई न्यूनीकरण गर्न देशैभर आन्तरिक उडानमा प्रयोग गरिने हवाई इन्धनमा प्रतिलिटर ४ रुपैँया ५० पैसा घटाएको जनाइएको छ ।
निगमका अनुसार हवाई इन्धन प्रतिलिटर ९० कायम हुनेछ ।