गिरिजाप्रसादको मानपदवी अलपत्र

काठमाण्डु टुडे २०७१ वैशाख २७ गते १:४१ मा प्रकाशित

Girija prdकाठमाण्डु, २७ वैशाख – सरकारले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई मरणोपरान्त दिएको मानपदवी गृह मन्त्रालयमै अलपत्र परेको छ । कोइरालालाई सरकारले राष्ट्रगौरवको सम्मान दिएको थियो ।

गणेशमानसिंहलाई राष्ट्र गौरवभन्दा माथिल्लो नेपालरत्न दिएको र कोइरालालाई राष्ट्रगौरव मात्र दिएको भन्दै छोरी सुजताले असन्तुष्टि जनाई विभूषण लिएकी छैनन् ।

राष्ट्रपतिको मानपदवी दिने कार्यक्रमको पाससमेत अघिल्लो दिन लिएर भोलिपल्ट उनी नगएको गृहका एक अधिकारीले बताए ।

नेपालरत्न हालसम्म सरकारले गणेशमान सिंहलाई मात्र दिएको छ ।

राष्ट्रगौरव भने कोइरालासहित कृष्णप्रसाद भट्टराई , मनमोहन अधिकारी, र रामराजाप्रसाद सिंहलाई दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us