मेगा बैंक र सुलभ हेल्थ बीच घर घर मै नसिङ सेवामा छुट प्रदान गर्ने सम्झौता

काठमाण्डु टुडे २०७६ चैत २ गते १५:५० मा प्रकाशित

काठमाण्डु , २ चैत – मेगा बैंक नेपाल लिमिटेड र सुलभ हेल्थ बिच सेवामा छुट सम्बन्धि सम्झौता भएको छ ।

बैंकको कुमारीपार्टी स्थित शाखा कार्यालयमा आयोजित कार्यक्रममा हस्ताक्षर गरिएको गरिएको सम्झौता पत्र साटासाट गरेर उक्त घोषणा गरेका हुन। उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका उप-कार्यकारी प्रमखु रबिना देशराज जोशी र सुलभ हेल्थको तफैबाट सुलभ हेल्थका डाइरेक्टर साईरा श्रेष्ठले हस्ताक्षर गरिएको थियो ।

सम्झौतामा बैंकका कर्मचारी , कर्मचारीका परिवार, बैंकको डेबिट कार्डवाहक तथा बैंकका सम्पुर्ण ग्राहकहलाई आवश्यक परेको बेला घरमै नर्स बोलाउने सुविधाहरुमा १५५ सम्मको छुट प्रदान गर्ने गरि सम्झौता भएको छ । उक्त सम्झौताको बारेमा बोल्दै सुलभ हेल्थका डाइरेक्टर साईरा श्रेष्ठले भने , ‘हामी मेगा बैंक जस्तो एक प्रतिष्ठित र सन्२०१९ का लाग ‘बैंक अफ दि इयर’ बन्न सफल बैंकसँग सहकार्य गर्न पाउँदा एकदम उत्साहित छौैं ।

यस सहकार्यसँगै नेपालमा घर घरमै नसिङ सेवा मार्फत मानिसको जीवन सहज बनाउनको लागी एउटा अर्को पाइला अगाडी सारेका छौँ जस्तो लागेको छ।’ यसैगरी मेगा बैंकका कुमारीपाटी शाखा प्रमखु हेरी राज मर्हजनले भने, ‘स्वस्थ नेपाली सम्वृद्ध नेपाल बनाउने तर्फ हाम्रो लक्ष्य एक कदम अगाडी बढेको भान भएको छ ।

यस बिसमिको सहकार्यबाट बेंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकको रहेको छ । सलभु हेथ नेपाल सरकारबाट अनमती प्राप्त वृद्ध आमा – बवा र बिरामीलाई घर घर मै उपचार तथा नसिङ सेवा प्रदान गर्ने सस्था हो ।

यसका साथै तालिम प्राप्त ल्याब टेक्निसियनबाट ल्याबसँग सम्बन्धित सेवा आवश्यकता अनुसार फिजियोथेरापी सेवा , आवश्यकता अनुसार चिकित्सा उपकरणहरु बिक्री भाडामा उपलब्ध गराउनु , अनुभवी डाक्टरहरुसँग घरघरमै बिरामीको जाँच जस्ता अन्य थुप्रै सेवा लिन सकिने कम्पनिले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us