काठमाण्डु , २ चैत – नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपियाँ ९८ पैसा र बिक्रीदर ११८ रुपियाँ ५८ पैसा रहेको छ ।
शुक्रबार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०४ पैसा तोकेको थियो ।
युरो एकको खरिददर १३१ रुपियाँ ८० पैसा र बिक्रीदर १३२ रुपियाँ ४७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४८ रुपियाँ १६ पैसा र बिक्रीदर १४८ रुपियाँ ९१ पैसा रहेको छ ।
मलेसियन रिंगिट एकको खरिददर २७ रुपियाँ ५८ पैसा र बिक्रीदर २७ रुपियाँ ७२ पैसा रहेको छ।
कतारी रियाल एकको खरिददर ३२ रुपियाँ ४० पैसा र बिक्रीदर ३२ रुपियाँ ५६ पैसा रहेको छ ।
युएई दिराम एकको खरिददर ३२ रुपियाँ १२ पैसा र बिक्रीदर ३२ रुपियाँ २८ पैसा रहेको छ ।