ह्वात्तै घट्यो सुनको भाउ

काठमाण्डु टुडे २०७६ चैत २ गते ११:४४ मा प्रकाशित

काठमाण्डु , २ चैत – साताको पहिलो दिन सुनको भाउ तोलामै १५ सयले घटेको छ ।

शुक्रबार तोलामा ७८ हजार ५ सयमा कारोवार भएको छापावाल सुनको भाउ आज तोलामै १५ सयले घटेर प्रतितोला ७७ हजारमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । त्यस्तै , तेजावी सुन प्रतितोला ७६ हजार ६ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदी शुक्रवारको तुलनामा ३० रुपैयाले घटेर प्रतितोला ७ सय ९० रुपैयामा कारोबार भइरहेको महासंघले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us