तोलामै तीन हजारले घट्यो सुनको भाउ

काठमाण्डु टुडे २०७६ फागुन ३० गते ११:५६ मा प्रकाशित

काठमाण्डु , ३० फागुन – हिजो बिहिबार तोलामा ८ सयले घटेको सुनको भाउ आज पनि तोलामा ३ हजारले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

आज सुन ३ हजारले घटेर ७८ हजार ५ सयमा कारोबार भइरहेको महासंघले बताएको छ । आज तेजावी सुन प्रतितोला ७८ हजार २ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै ,आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेको छ ।

चाँदी प्रतितोला ८ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us