काठमाण्डु , २८ फागुन – नेपाल स्टक एकसचेञ्ज (नेप्से) साताको चौथो दिन आज बुधवार ह्रवात्तै बढेको छ ।
आज पाँच दशमलव ४७ प्रतिशतले नेप्सेमा वृद्धि भएको छ । साताको सुरुदेखि नै बढेको नेप्से बुधवार भने ह्रवात्तै बढेको छ । नेप्से परिसूचक ७३ दशमलव ७८ अंकले बढेर १ हजार ४ सय २३ दशमलव ०९ बिन्दूमा पुगेको छ । कारोबार रकममा पनि उच्च वृद्धि भएको छ । २ अर्ब २२ करोड १० लाख ८१ हजार ६९० बराबरको कारोबार भएको छ ।

आज कुल १८० कम्पनीको कारोबार भएकोमा घाटा खाने कम्पनीको संख्या २३ वटा मात्रै रहेको छ । घाटा धेरै खानेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ता अगाडि छन् । यो कम्पनीको शेयर सबैभन्दा धेरै २३ करोड ६६ लाख रुपियाँको खरिद बिक्री भएको छ । साल्ट ट्रेडिङ लिमिटेडसहित चार कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
विशेषगरी बाणिज्य बैंक समूहको सेयरमा सुधार आउँदा नेप्सेमा उच्च वृद्धि भएको हो । नेप्सेमा सबैभन्दा ठूलो हिस्सा रहेको यो समूहको सुचक पाँच दशमलव ७८ प्रतिशतले बढेको छ ।
त्यस्तै निर्जीवन बीमा समूहको सुचक सात दशमलव ५८ प्रतिशतले बढेको छ । होटलहरुको व्यापारमा गिरावट आए पनि यो समूहको सुचक भने छ प्रतिशतभन्दा बढिले बढेको छ । सबै समूहका उत्साहजनक सुधार आउँदा म्युचुअल फण्ड समूहमा भने गिरावट देखिएको छ