सुनको मूल्य फेरी बढ्यो

काठमाण्डु टुडे २०७६ फागुन २७ गते ११:२३ मा प्रकाशित

काठमाण्डु,२७फागुन–नेपाली बजारमा आज सुनको मूल्यमा बृद्धि भएको छ । आज तोलामा २ सयले बृद्धि भइ प्रतितोला छापावाला सुन ८२ हजार ७ सय कायम भइ कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतवार तथा सोमवार प्रतितोला छापावाला सुनको मूल्य ८२ हजार ५ सय रहेको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य ८२ हजार ४ सय रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us