काठमाण्डु , २५ फागुन – साताको पहिलो दिन आज आइतबार सुनको भाउ स्थिर रहेकोे छ ।
आज नेपालमा छापावाल सुन प्रतितोला ८२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । त्यस्तै, तेजावी सुन ८२ हजार २ सय रुपैंयामा कारोवार भइरहेको छ ।
यसैगरी , आज नेपाली बजारमा चाँदीको भाउ प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भईरहेको महासंघले बताएको छ ।