काठमाण्डु , २३ फागुन – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) यो साताको अन्तिम दिन आज १४ सय ३५ दसमलव ७० बिन्दुमा पुगेर रोकिएको छ ।
यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन सय सात दसमलव ७२ बिन्दुमा पुगेर रोकिएको छ । एक सय ७९ कम्पनीहरुको तीन करोड ८४ लाख २६ हजार सात सय २४ कित्ता सेयर खरिद बिक्री हुंदा यो साता कारोवार रकम १६ अर्ब २१ करोड ९० लाख ५४ हजार सात सय ८२ रुपैयाँ पुगेको छ । नेप्सेका अनुसार कारोवार रकम गत साताको तुलनामा कम हो ।
यो साता नेप्सेको नियमित कारोवार कक्ष पाँच कार्य दिन नै खुल्ला रहेको थियो । जसमध्ये पहिलो, दोस्रो, चौथो र पाँचौं दिन नेप्से घटेपनि तेस्रो दिन भने नेप्से बढेको थियो ।
यो साता बढी कमाउने कम्पनीहरुको सुचीमा एनआईसी एशिया बैंक, हिमालयन डिष्ट्रिलरी प्राली, एभरेष्ट बैंक, एनएमबी बैंक आदि परेकाछन् । कारोवार भएको सेयर संख्याको आधारमा भने प्रभु बैंक, नेपाल बैंक, एनएमबी बैंक आदि परेकाछन् ।बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतका कम्पनीहरु परेका छन् ।
नेप्सेका अनुसार यो साता सिद्धार्थ बैंकको ९० लाख एक हजार छ सय २६ दसमलव दुई कित्ता, कञ्चन डेभलपमेन्ट बैंकको पाँच लाख ३१ हजार तीन सय कित्ता, सबैको लघुबित्त बित्तीय संस्थाको दुई लाख १४ हजार पाँच सय कित्ता, नबिल बैंकको एक करोड आठ लाख ५६ हजार पाँच सय २० कित्ता र ज्योति बिकास बैंकको ३९ लाख ५२ हजार पाँच सय ४९ दसलव १३ कित्ता बोनस सेयर सुचीकृत भएका छन् ।