आज तोलामै १८ सयले बढेर सुनले नयाँ रेकर्ड राख्यो

काठमाण्डु टुडे २०७६ फागुन २३ गते ११:४४ मा प्रकाशित

काठमाण्डु,२३फागुन– नेपाली बजारमा सुनको भाउले यति बेला आकाश छोएको छ ।

साताको अन्तिम आज शुक्रबार तोलामा १८ सयले बढेर प्रतितोला ८२ हजार ५ सय रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

चाँदी  भने तोलामा १० रुपैयाँ बढेर तोलाको आठ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ता आकर्षित हुँदा सुनको भाउ झन् महँगो हुँदै गएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us