फेरि बढ्यो सुनको भाउ

काठमाण्डु टुडे २०७६ फागुन २२ गते ११:२१ मा प्रकाशित

काठमाण्डु , २२ फागुन- नेपाली बजारमा सुन आज पनि तोलामा २ सयले बढेको छ ।

बुधवार प्रतितोला ८० हजार ५ सयमा कारोवार भएको छापावाल सुनको भाउमा आज तोलामा २ सयले बढेर प्रतितोला ८० हजार ७ सय रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । साथै तेजावी सुनको मूल्य ८० हजार ४ सय रहेको छ ।
बिहीवार चाँदीको मूल्यमा भने स्थिरता छाएको छ । बुधवार प्रतितोला चाँदीको मूल्य ८ सय ८० रहेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us